अभद्र व्यवहार गर्ने ४ जना पक्राउ

काठमाडौँ, २८ चैत । सप्तरीमा विभिन्न मुद्दामा संलग्न ४ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बोक्सीको आरोपमा कुटपिट गर्ने एक जना र अभद्र व्यवहार गर्ने तीन जना गरी चार जनालाई पक्राउ गरेको हो ।

सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. १ बस्ने २४ वर्षीय रामनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले गत असोज २७ गते बोदेबर्साइन–१ स्थित धनगढी टोलमा जाहेरवाला ईश्वरवती देवी यादवकी सासू आमा निरासी यादवनीलाई बोक्सीको आरोप लगाउँदै विभिन्न किसिमका गालीगलौज गरी मुखमा जबरजस्ती कालो मसो र सेतो चुन दल्ने प्रयास गरेको आरोप छ । उनलाई पक्राउ गरी अदालतबाट ६ दिनको म्याद थप गरिएको छ ।

प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा थप तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा