अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला फेरी सर्‍यो

काठमाडौँ, १२ भदौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला फेरी सरेको छ ।  

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले संवैधानिक इजलासले बुधवारका लागि निर्णय सुनाउने मिति तोकिएपनि सरेको जानकारी दिए ।

यसअघि असार १२ गते पनि एक न्यायाधीश अनुपस्थित भएपछि निर्णय सुनाउने मिति सरेको थियो ।  आज भने फैसलाका लागि अध्ययन नपुगेको बताइएको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको अन्य मुद्दा पनि भएका कारण समय भएको प्रवक्ता कुइँकेलले बताए । 

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते नै बहस सकिएको थियो । सो दिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गतेका लागि तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को

काठमाडौँ, ७ बैशाख । फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा विश्वव्यापी तहल्का मच्चाएको छ । प्रदर्शनको ३१ औँ दिनसम्म आइपुग्दा

काठमाडौँ, ६ बैशाख । चर्चित टेलिभिजन शो कमेडी दरबार टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा

काठमाडौँ, ५ बैशाख । बलिउड सिनेमा निर्माता रोहित शेट्टीको घरमा गोली चलाएको आरोपमा एकजना पक्राउ परेका छन् । यूपी स्पेशल