आरटीजीएस कारोबार ११६ प्रतिशतले बढ्यो

काठमाडौँ, ६ भदौ । बढ्दो डिजिटल कारोबारमा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) मा ऐतिहासिक कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो असार महिनामा आरटीजीएस प्रणालीबाट मात्र ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको हो । 

यस्तै समीक्षा अवधिमा २ करोड ४६ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता मार्फत ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भुक्तानी कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो मोबाइल भुक्तानी कारोबार २ करोड १३ लाख प्रयोगकर्ता मार्फत २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो । 

यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगमार्फत १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार हुँदा विभिन्न वालेट सेवाहरूमार्फत ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ भुक्तानी कारोबार भएको बैंकले जनाएको छ । 

समीक्षा अवधिमा सरकारी भुक्तानी साधन कनेक्ट आईपीएसमार्फत ६ खर्ब ६६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । एटीएम (डेबिट कार्ड) तथा क्रेडिट कार्डमार्फत ९७ खर्ब ३३ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले