तीन अर्ब २१ करोड राजस्व संकलन

काठमाडौँ, २ साउन । आन्तरिक राजस्व कार्यालय झापाको भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख नौ हजार राजस्व संकलन गरेको हो । कार्यालयले आव २०७९/८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व संकलन गरेको छ । गत आवमा तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका जनाएको छ । गत आवमा कार्यालयको तीन अर्ब ७९ करोड ७१ लाख  राजस्व उठाउने लक्ष्य थियो । तर, ८४.५७ प्रतिशतमात्र राजस्व संकलन गर्न सकिएको छ ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट  तीन करोड ६४ लाख, ब्याजबापत ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत एक अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार राजस्व संकलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । बझाङमा १६ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार

काठमाडौँ, १ जेठ । झापामा हुरीले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गए

काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका