तीन अर्ब २१ करोड राजस्व संकलन

काठमाडौँ, २ साउन । आन्तरिक राजस्व कार्यालय झापाको भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख नौ हजार राजस्व संकलन गरेको हो । कार्यालयले आव २०७९/८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व संकलन गरेको छ । गत आवमा तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका जनाएको छ । गत आवमा कार्यालयको तीन अर्ब ७९ करोड ७१ लाख  राजस्व उठाउने लक्ष्य थियो । तर, ८४.५७ प्रतिशतमात्र राजस्व संकलन गर्न सकिएको छ ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट  तीन करोड ६४ लाख, ब्याजबापत ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत एक अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार राजस्व संकलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्