ओलीको शपथका लागि सांसदलाई शीतल निवासको निम्तो

काठमाडौँ, ३० असार । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । 

राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ । 

‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१।३।३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ’, राष्ट्रपति कार्यालयले संघीय संसदका महासचिवलाई पठाएको पत्रमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ७ बैशाख । इरानका सरकारी सञ्चारमाध्यमहरूले अमेरिकासँग हुने भनिएको वार्ता तत्कालका लागि नहुने सम्भावना देखिएको बताएका छन् । विशेषगरी

एजेन्सी, ७ बैशाख । अमेरिकाको लुजियाना राज्यमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकदेखि १४ वर्ष उमेर समूहका

एजेन्सी, ७ बैशाख । अमेरिकी सेनाले इरानी पानीजहाजलाई कब्जामा लिएको छ । अमेरिकाले लगाएको नाकाबन्दी उल्लंघन गर्न खोज्ने उक्त पानीजहाजलाई अमेरिकी सेनाले गल्फ

एजेन्सी, ६ बैशाख । समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमन पुनः ठप्प भएको छ । इरानी गनबोटहरूले व्यापारी जहाजहरूतर्फ गोली