काठमाडौँ, २६ असार । ताप्लेजुङमा भूकम्प गएको छ ।
मंगलबार राति १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।