शेखर कोइरालाको प्रश्न– अझै कतिपटक सरकार परिवर्तन ?

काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका निम्ति लोकतान्त्रवादी शक्तिले सोच्ने बेला आएको बताएका छन् ।

आज कांग्रेस नेत्री शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा प्रदेश र केन्द्र गरेर २३ पटक सरकार परिवर्तन भएको उनले उल्लेख गरे । उनले ‘अझै कतिपटक सरकार परिवर्तन हुने ?’ भन्दै प्रश्न गरे ।

उनले देशमा सुशासनको अभाव र भ्रष्टाचारले गाँजेको बताए । “राजनीतिक स्थायित्व, सरकारको स्थायित्व छैन । आर्थिक विकास हुन सक्ने अवस्था छैन । सुशासन छैन, भ्रष्टाचारले गाँजेको छ,” उनले भने । कांग्रेसको पुरानै साख फर्काउनुपर्ने भन्दै उनले थपे, “बीपी, शैलजालगायत नेता सम्झेर काम गरे कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सक्छौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्