विमानस्थलबाट पहेँलो धातुसहित दुई जना पक्राउ

काठमाडौँ, २७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन् ।

भन्सार छली अवैध रूपमा संकलन गरी ल्याएको करिब २५ ग्राम पहेँलो धातुको सिक्री एकथान र ६९ ग्राम ९९ मिलिग्राम पहेँलो धातुको काँचो डल्लोसहित दुईजनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला र रौतहटको कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम छन् । कोइराला कतार एयरको उडानमार्फत नेपाल आएका थिए । उनले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । बैतडीको सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् ।  

काठमाडौँ, ३ असार । बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित अरनिको राजमार्ग भएको छ । सडक विभागले आज  बिहान ८

पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको

काठमाडौँ, ३ असार ।औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने गरी तयारी थालेको