विमानस्थलबाट पहेँलो धातुसहित दुई जना पक्राउ

काठमाडौँ, २७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन् ।

भन्सार छली अवैध रूपमा संकलन गरी ल्याएको करिब २५ ग्राम पहेँलो धातुको सिक्री एकथान र ६९ ग्राम ९९ मिलिग्राम पहेँलो धातुको काँचो डल्लोसहित दुईजनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला र रौतहटको कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम छन् । कोइराला कतार एयरको उडानमार्फत नेपाल आएका थिए । उनले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा