काठमाडौँ, २६ जेठ । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित देशमाया लिम्बूको घरमा जुवातास खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थकनी घर भई काठमाडौँको थलीमा बस्दै आएकी ४० वर्षीया सावित्री तामाङ समेत ६ जना छन् । शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जानकारी गराएको छ । नगद तीन लाख ८०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।