तत्काल एमालेसँग एकताको सम्भावना छैन: अध्यक्ष नेपाल

काठमाडौँ, २६ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

आज नेकपा एकीकृत समाजवादी कोशी कमिटीद्वारा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए ।

उनले भने, ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नुहुँदैन’, ‘हिजोको कुरा पनि बिर्सौं, ठीक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि !’

अध्यक्ष नेपालले राजतन्त्र फर्काउन धेरै टाउको नदुखाउन सुझाव दिएका छन् । उनले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने विषय दिवास्वप्न मात्र भएको उल्लेख गरे । यसका निम्ति धेरै टाउको नदुखाउन बरु व्यापार गरेर बस्न सुझाव दिए । राजतन्त्र फर्काउन खोज्नेहरूको स्वर अहिले मधुरो हुँदै गएको उनले बताए । पार्टीहरूको प्रवृत्तिको विरोध गर्ने गरिए पनि अहिलेको संक्रमणकालीन अवस्थामा कुनै दललाई शत्रु घोषित नगर्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले