ब्रह्मायणी र अपरलाई उत्पादन अनुमति: ६ बैंकको लगानी 

काठमाडौँ, २५ जेठ । विद्युत् विकास विभागले सिन्धुपाल्चोकको बिकट बस्ती जुगल हिमाल नजिकै बन्न लागेको ५२ मेगावाटका दुई आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ ।

सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने उक्त आयोजनाको लागत अनुमान १० अर्ब ३४ करोड छ । विद्युत् विकास विभागले उक्त दुई आयोजना ३६.५२ मेगावाटको ब्रह्मायणी र १५.१५ मेगावाटको अपर ब्रम्हायणीलाई उत्पादन लाइसेन्स दिएको हो ।

ब्रह्मायणी हाइड्रो कम्पनी र इन्टिग्रेटेड हाइड्रो फन्डले जुगल गाउँपालिकाको तेम्बाथान क्षेत्रमा निर्माण गर्ने उक्त दुई आयोजनामा ब्रह्मायणी खोलाको पानी प्रयोग गरेर बिजुली उत्पादन गरिनेछ । दुवै आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । ०८४ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको ब्रह्मायणीको सुरुङ करिब ६ किमि र अपर ब्रह्मायणीको १.४ किमि हुने दूरीको हुने बताइएको छ । अपरको पानी ब्रह्मायणीमा प्रवेश गराएर निर्माण गरिने आयोजानका लागि अर्डिट मार्ग, क्याम्प, बंकरलगायत संरचना बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा