फोहोरमैला मजाकको विषय होइन, यसको व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो : ओली

काठमाडौँ, २३ जेठ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोहोरमैला मजाकको विषय नभइ यसको व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको रहेको बताएका छन् ।

आज विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा राखे। 

उनले भने, “फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो । यसलाई कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु ।”

उनले वातावरण दिवसका दिन एक–दुई गोष्ठी, सभासम्मेलन र औपचारिक वृक्षरोपण गरेर मात्र प्रदूषण नरोकिने उल्लेख गर्दै वातावरण संरक्षण अभियानमा समाजका सबै तहतप्काबाट साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले