काठमाडौँ, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
आज राष्ट्रपतिले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेका विधेयक प्रमाणीकरण गरेका हुन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।