सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु हुँदैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ, ३० चैत । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् । 

आज काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेकोले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए । 

उनले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले भने, “ठिक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठिक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन । राजनीतिक नेतृत्व त समाजको अभिभावक हो । सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो पनि बनाउनु हुँदैन । यसबाट भएको क्षति ठूलो छ । झन्डै देशको मृत्युदरमा १९ प्रतिशत मानिस मृत्यु भएको तथ्यांक छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्