छानबिन समितिले धेरै विषयमा समाधान दिन्छ : नेता कोइराला 

काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद डा. शशांक कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा फसेको भन्दै त्यही कारण संसदीय छानबिन अस्वीकार गरिएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठक स्थगन गरिएपछि संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँगउनले संसदीय छानबिन समितिबाट पनि आरोपित देखिए लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताए ।

उनले भने, “हामीले रवि लामिछानेको विषयमा समिति बनाएर छानबिन गरौँ भनेको हो । उहाँ फस्नुभएको छ,” “उच्चस्तरीय समितिले विभिन्न कुरा हेर्छ । अरू विषय आउँछ, समिति बनाऊँ ।” उनले  आरोपित हुँदासम्म पदभार ग्रहण गर्नै नमिल्ने बताए । “सत्य कुरा हो, त्यसमा छानबिन जारी रहँदासम्म, आरोपित भएपछि राजीनामा दिनुपर्छ,” उनले भने, “आरोपमुक्त नभएसम्म पदभार सम्हाल्न मिल्दैन ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । ‘गाँजाको तेल’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६

काठमाडौँ, ५ बैशाख । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना