छानबिन समितिले धेरै विषयमा समाधान दिन्छ : नेता कोइराला 

काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद डा. शशांक कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा फसेको भन्दै त्यही कारण संसदीय छानबिन अस्वीकार गरिएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठक स्थगन गरिएपछि संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँगउनले संसदीय छानबिन समितिबाट पनि आरोपित देखिए लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताए ।

उनले भने, “हामीले रवि लामिछानेको विषयमा समिति बनाएर छानबिन गरौँ भनेको हो । उहाँ फस्नुभएको छ,” “उच्चस्तरीय समितिले विभिन्न कुरा हेर्छ । अरू विषय आउँछ, समिति बनाऊँ ।” उनले  आरोपित हुँदासम्म पदभार ग्रहण गर्नै नमिल्ने बताए । “सत्य कुरा हो, त्यसमा छानबिन जारी रहँदासम्म, आरोपित भएपछि राजीनामा दिनुपर्छ,” उनले भने, “आरोपमुक्त नभएसम्म पदभार सम्हाल्न मिल्दैन ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।