अध्यक्ष ओलीद्वारा ग्याल्पो ल्होछार पर्वको शुभकामना

काठमाडौँ, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्याल्पो ल्होछार पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष ग्याल्पो ल्होछारको शुभकामना व्यक्त गर्नुभएको हो । 

अध्यक्ष ओलीले भन्नुभएको छ, ‘महायानी बौद्ध परम्परा अनुसार आज नयाँ वर्ष, अर्थात् शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार । ग्याल्पो ल्होसारको सबैलाई शुभकामना !!’

नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा  बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्