टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु

हेटौँडा, २७ फागुन । चितवनमा उपचारका लागि टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु भएको छ ।

अस्पताका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार बागमती प्रदेश सरकार मातहतको बकुलहर रत्ननगर अस्पतालमा उपचारका लागि आएमा एक युवकको टिकट काट्न लाइनमा बसेकै बेला मृत्यु भएको हो ।

पूर्वी चितवनको सो अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)को टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका वडा नम्बर–३ लौरीघोलका जीवनबाबु थापामगरको टिकट काट्न लाइनमा बस्दै गर्दा मृत्यु भएको हो । उनको आइतबार बिहान ३४ वर्षका मगरको सडेन कार्डियाक डेथ भएको हो ।

डा. ज्ञवालीका अनुसार मधुमेह रोगका पीडित उनी आइतबार बिहान उपचारका लागि अस्पताल आएका थिए । अचानक ढलेका उनलाई इमर्जेन्सी विभाग पु-याउँदा मृत्यु भइसकेको थियो । थापाको शव परिवारका सदस्यले जिम्मा लिइसकेको डा. ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्