प्रधानमन्त्री प्रचण्ड र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको साइडलाइनमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ता अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार भएको थियो । “भेटमा नेपाल र विश्व स्वास्थ्य संगठनबीचमा हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको छ,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक