एमाले राजनीतिलाई सङ्लो बनाउने अभियानमा छ : सचिव विष्ट

कास्की, २ असार । नेकपा (एमाले) का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले रहेको बताएका छन् । प्रेस चौतारी गण्डकीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले  पार्टीभित्र केही नेताले गल्ती गर्दैमा सबै नेतालाई मुछ्न नमिल्ने बताए ।

नेता विष्टले भने, “पार्टी अनुशासन विपरीत कोही आपराधिक क्रियाकलापमा लाग्छ भने त्यस्ता नेतालाई पार्टीले संरक्षण नगरी तुरुन्त निलम्बन गर्छ ।” नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा निश्पक्ष छानबिन गरी दोषीमाथी कारबाही गर्न उनले सरकारलाई सुझाव दिए ।

नेकपा एमालेको हालै सम्पन केन्द्रीय कमिटी र जिल्ला अध्यक्षको बैठकले नागरिकप्रति जिम्मेवार हुँदै नागरिकका मुद्दा सूक्ष्म रुपमा उठाएर हरेक क्षेत्रमा हुने भ्रष्टाचारको भण्डाफोर गर्ने नीति तय गरेको नेता विष्टको भनाइ थियो । पार्टीभित्र उन्नत प्रकारको लोकतान्त्रिक अभ्यास गर्दै राजनीतिलाई मर्यादित र सम्मानित बनाउने पक्षमा एमाले रहेको उनले बताए । नेपाली जनताको जीवनस्तर उकास्ने पार्टीको मुख्य उद्देश्य रहेको बताउँदै उनले युवावर्गलाई राजनीतिप्रति आकर्षण गर्ने लक्ष्य पार्टीको रहेको जनाए ।

नेपाली युवालाई नेपालमा नै अडिन सक्ने वातावरण सृजना गर्न एमाललेले युवा लक्षित विभिन्न कार्यक्रम ल्याउने नेता विष्टले बताए । आर्थिक अवस्था कमजोर भएका नागरिकको समृद्धिका लागि एमाले सधैँ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले युवाको हितका लागि नयाँ ढङ्गबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले यसका लागि सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रमको अध्यक्षता प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आज

काठमाडौँ, २९ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ ।  विभागीय टिम

काठमाडाैँ, १७ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न

काठमाडौँ, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड