मलको अनुदान घटाउने निर्णय तत्काल फिर्ता लिनुपर्छ: अध्यक्ष लिङ्देन

काठमाडौँ, ३० फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने हठात्मा गरिएको निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गर्नुभएको छ ।

सरकारले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान रकम घटाएको छ । सोही प्रशंगलाई उल्लेख गर्दै अध्यक्ष लिङ्देनले किसानलाई सुलभ ढंगले मल आपुर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । मल आपुर्तिको समस्यालाई दिर्घकालिन समाधानको लागि देशभित्रै मल कारखाना खोल्नुपर्नेमा समेत उहाँको जोड छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन हठात् गरिएको निर्णय अनुचित छ । यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले मल आपुर्ति व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सरकारले अनुदान घटाएसँगै युरिया मल प्रति केजी १४ बाट २५ रुपैयाँ पुगेको छ । मन्त्रालयका अनुसार अब युरियाको २५ रुपैयाँ, डिएपीको ५० रुपैयाँ, पोटासको ४० रुपैयाँ मूल्य कायम भएको छ । यस अघि युरिया १४, डीएपी ४३ र पोटास ३१ रुपैयाँमा पाइन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा