मलको अनुदान घटाउने निर्णय तत्काल फिर्ता लिनुपर्छ: अध्यक्ष लिङ्देन

काठमाडौँ, ३० फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने हठात्मा गरिएको निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गर्नुभएको छ ।

सरकारले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान रकम घटाएको छ । सोही प्रशंगलाई उल्लेख गर्दै अध्यक्ष लिङ्देनले किसानलाई सुलभ ढंगले मल आपुर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । मल आपुर्तिको समस्यालाई दिर्घकालिन समाधानको लागि देशभित्रै मल कारखाना खोल्नुपर्नेमा समेत उहाँको जोड छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन हठात् गरिएको निर्णय अनुचित छ । यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले मल आपुर्ति व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सरकारले अनुदान घटाएसँगै युरिया मल प्रति केजी १४ बाट २५ रुपैयाँ पुगेको छ । मन्त्रालयका अनुसार अब युरियाको २५ रुपैयाँ, डिएपीको ५० रुपैयाँ, पोटासको ४० रुपैयाँ मूल्य कायम भएको छ । यस अघि युरिया १४, डीएपी ४३ र पोटास ३१ रुपैयाँमा पाइन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्