नेप्से २६.८० अंकले घट्यो

काठमाडौँ, २८ फागुन । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्स परिसूचक १.३४ प्रतिशतले घटेको छ ।

यस दिन नेप्से २६.८० प्रतिशतले घटेर १९७५.८९ को विन्दुमा पुगेको छ । गएको बिहीबार नेप्से ५० अंकले बढेको थियो । आइतबार २६० कम्पनीको एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रुपैयाँबराबरको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस दिन १३ मध्ये सबै उपसमूहको समूहगत परिसूचक पनि ओरालो लागेको छ । बैंकिङ समूहको सर्वाधिक १.७१ प्रतिशतले घटेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले घटेर ३७३.९० को विन्दुमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा