एक्लिँदै डा. भट्टराई : नेता सिंहद्वारा राजनीतिक सम्बन्ध बिच्छेद गरेको घोषणा

काठमाडौँ, १९ साउन । नेपाल समाजवादी पार्टीमा डा. बाबुराम भट्टराई एक्लिँदै गएका छन् ।

नयाँ शक्ति बनाएदेखि सँगै रहेका प्रशान्त सिंहले पनि डा भट्टराईको साथ छाडेका हुन् । उनी जसपाको केन्द्रीय सदस्य समेत हुन् । डा भट्टराईले नयाँ शक्ति बनाएदेखि सिंहले  महत्त्वपूर्ण जिम्मेवारीमा रहेर सहयोग गर्दै आएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ,‘म पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग राजनितिक रुपले सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दछु । म उहा तथा मेरा अग्रज तथा समकक्षीहरुद्वारा मलाई नयाँ शक्ति पार्टी तथा जनता समाजवादी पार्टीका विभिन्न जिम्मेवारी (पूर्ण पदहरुमा बस्दा दिइएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु। म डा.भट्टराईद्वारा निर्मित भइरहेको नया पार्टी (सम्भवतः नेपाल समाजवादी पार्टी) मा नबस्ने निर्णयमा पुगेको छु । आउने दिनहरुमा नेपाल भित्र ‘सफा’ र परिणाममुखी राजनीतिको निर्माण तथा विकासमा म आफ्नो बल र क्षमताले पुगे सम्मको प्रयास गरी रहनेछु । धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्