उपत्यकाकाे विभिन्न ठाउँबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौँ, १८ साउन । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधवारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो । 

प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भइ ललितपुर इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ गर्‍याे । उनको साथबाट नाइट्राभेट ट्याब्लेट एक हजार दुई सय ६० थान, प्रोक्सिभन क्याप्सुल एक सय ५० थान, डायलेक्स डिसी ६ बोलत र कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ तीन सय मिलिलिटर बरामद भयो ।

खड्कालाई लागुऔषध उपलब्ध गराउने सर्लाही हरिवन घर भइ गोकर्णेश्वर बेँसीगाउँ बस्ने ३५ वर्षीय बुद्ध बमजन र खड्कालाई लागुऔषध कारोबारमा सहयोग गर्ने सुनसरी बराह घर भइ इमाडोल बस्ने २७ वर्षको युवराज खड्कालाई पनि प्रहरी पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित पक्राउ परेकाको अनुसन्धानबाट त्यही अवैध कारोबारमा सहयोग गर्ने र लागुऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरेको हो । 

त्यस्तै लागुऔषध नियन्त्रण ब्युरोले यही साउन १३ गते तीन सय ८४ ग्राम हेरोइनसहित रामेछाप नगरपालिका ९ घर भइ गोकर्णेश्वर बस्ने ४० वर्षीय जुनमाई मोक्तानलाई पक्राउ गरेको थियो । उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौँका विभिन्न ठाउँबाट लागुऔषध कारोबारमा संलग्न रहेका सबैलाई पक्राउ गरी प्रहरीले आज बुधवार सार्वजनिक गरेको हो । 

ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विकास खनालका अनुसार पक्राउ परेकाहरूको साथबाट चार सय ५९ ग्राम हेरोइन, डायलेक्स डिसी एक हजार एक सय ८० बोतल, नाइट्राभेट ट्याब्लेट एक हजार दुई सय ६० थान र प्रोक्सिभन क्याप्सुल एक सय ५० थान बरामद गरिएको छ । बरामद गरिएको लागुऔषधको बजार मूल्य ५८ लाख १० हजार आठ सय रुपैयाँ रहेको जानकारी प्रहरीले दिएको छ । 

यसरी लागुऔषधमा संलग्न हुने र पक्राउ पर्नेको सङ्ख्या बढ्दो देखिन्छ । यसअघि साउन १ गते चार किलो हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेच र भारतका ३२ वर्षीया ज्योथाङीलाई प्रहरीले तिलगङ्गाबाट पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा