फोहोरबाट मिथेन ग्यास उत्पादन

झापा, १७ साउन । झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन ।  

यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ । यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ सय केजी ग्यास उत्पादन भइरहेको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइँदै आएको हो ।

विस्तृत परियोजना प्रतिवेदनअनुसार दमक बजार क्षेत्रमा पाइपलाइन निर्माण गरेर तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पु-याउन सकिन्छ । दमक नगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट ग्यास र प्राङ्गारिक मल एकैसाथ उत्पादन गर्न थालेको डेढ महिना भइसकेको छ । “फोहोरबाट ग्यास उत्पादन त सुरु भयो तर यसको बजारीकरणमा राज्यको सहयोग चाहिन्छ,” नेक्स्ट इराका अध्यक्ष युवराज घिमिरेले भने । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक

काठमाडौँ, २८ चैत । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको

काठमाडौँ, २८ चैत । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको

काठमाडौँ, २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएकाे निर्वाचनमा उनी