थामिँदै पराकम्प, बढ्दै भूकम्प

काठमाडौँ, १६ साउन । पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए । यसअघि करिब दुई वर्षअघि सोलुखुम्बु केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता चार रेक्टर स्केल आसपासका भूकम्प र पराकम्प बारम्बार गइरहेका थिए ।

पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । त्यो भूकम्प १९९० सालपछिको हालसम्मकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ । वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार कुनै क्षेत्रमा भूकम्प गइसकेपछि आउने जाने त्योभन्दा साना धक्का पराकम्प हुन्छन् तर त्यही क्षेत्रमा अघिल्लोभन्दा ठूलो धक्का आएमा त्यो फेरि भूकम्प मानिन्छ । पराकम्पको क्रम तीन/चार वर्षसम्म चल्न सक्छ । त्यसपछि भने फेरि भूकम्प आउन सक्छ । २०७२ यता गोरखा भूकम्पका पराकम्प धक्का बढी गइरहेका थिए । पछिल्लो समय भने पराकम्पको लहर घट्दै नयाँ भूकम्पका धक्का बढी जान थालेको पाइएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्