काठमाडौँ, ९ मंसिर । केही प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यसैबीच, काठमाडौँमा आज बिहान ६ बजेको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ ।