आजको मौसम

काठमाडौँ, ९ मंसिर । केही प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा  आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यसैबीच, काठमाडौँमा आज बिहान ६ बजेको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा