थप ९०७० जनामा कोरोना संक्रमण, २७०७ जना डिस्चार्ज

काठमाडौँ, २३ बैशाख । थप ९ हजार ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ९० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६२ हजार ५ सय ६१ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २७ सय ७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ९२ हजार ४ सय ९० जना रहेको छ । आज ५४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३५ सय २९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्