शिवपुरीले बनायो अक्सिजन सहित २० बेडको आइसोलेशन

नुवाकोट, २३ वैशाख । शिवपुरी गाउँपालिकाले अक्सिजन सहितको २० बेड आइसोलेशन कक्ष तयार गरेको छ । कोरोनाको दोस्रो लहर व्यापक बन्दै गएपछि गाउँपालिकाले गाउँपालिकाको सामुदायिक अस्पतालमा अक्सिजन सहितको २० बेडको आइसोलेशन कक्ष तयार गरेको गाउँपालिका अध्यक्ष राकृष्ण थापाले जानकारी दिनुभयो । पहिला ८ बेडको आइसोलेशनलाई बढाएर अहिले २० बेड बनाइएको छ ।

उहाँका अुनसार अहिले उक्त आइसोलेशन कक्षमा केही कोरोनाका बिरामीले सेवा लिइरहेका छन् । गाउँपालिकाले गाउँबासीको स्वास्थ्यमा ध्यानमा राखी एमबीबीएस डक्टर सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

सामान्य अवस्थामा रहेका कोरोनाका बिरामीलाई होम आइसोलेशनमा र स्वास्थ्यमा थप समस्या भएका कोरोनाका बिरामीलाई पालिकाले निर्माण गरेको आइलोलेशनमा राख्ने व्यवस्था मिलाइएको छ । अध्यक्ष थापाले भन्नुभयो “नागरिकको स्वास्थ्यमा उच्च प्राथमिकता दिएर गाउँपालिकाले स्वास्थ्य सेवा विस्तार गर्दै गएको छ, आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना गाउँपालिकाको छ ।” उहाँले आमनागरिकलाई खोप सेवा पुग्ने गरी छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । तत्काल सरकारले एन्टिजोन परिक्षण गर्ने व्यवस्था र अक्सिज सबै पालिकामा पु¥याउनुपर्छ । साधन र स्रोत स्थानीय तहलाई उपलब्ध गराउने हो भने आफूहरु जस्ता स्थानीय तहका जनप्रतिनिधि नागरिकको सेवामा खटिन तयार भएको उहाँले स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा