नुवाकोट, २३ वैशाख । शिवपुरी गाउँपालिकाले अक्सिजन सहितको २० बेड आइसोलेशन कक्ष तयार गरेको छ । कोरोनाको दोस्रो लहर व्यापक बन्दै गएपछि गाउँपालिकाले गाउँपालिकाको सामुदायिक अस्पतालमा अक्सिजन सहितको २० बेडको आइसोलेशन कक्ष तयार गरेको गाउँपालिका अध्यक्ष राकृष्ण थापाले जानकारी दिनुभयो । पहिला ८ बेडको आइसोलेशनलाई बढाएर अहिले २० बेड बनाइएको छ ।
उहाँका अुनसार अहिले उक्त आइसोलेशन कक्षमा केही कोरोनाका बिरामीले सेवा लिइरहेका छन् । गाउँपालिकाले गाउँबासीको स्वास्थ्यमा ध्यानमा राखी एमबीबीएस डक्टर सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
सामान्य अवस्थामा रहेका कोरोनाका बिरामीलाई होम आइसोलेशनमा र स्वास्थ्यमा थप समस्या भएका कोरोनाका बिरामीलाई पालिकाले निर्माण गरेको आइलोलेशनमा राख्ने व्यवस्था मिलाइएको छ । अध्यक्ष थापाले भन्नुभयो “नागरिकको स्वास्थ्यमा उच्च प्राथमिकता दिएर गाउँपालिकाले स्वास्थ्य सेवा विस्तार गर्दै गएको छ, आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना गाउँपालिकाको छ ।” उहाँले आमनागरिकलाई खोप सेवा पुग्ने गरी छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । तत्काल सरकारले एन्टिजोन परिक्षण गर्ने व्यवस्था र अक्सिज सबै पालिकामा पु¥याउनुपर्छ । साधन र स्रोत स्थानीय तहलाई उपलब्ध गराउने हो भने आफूहरु जस्ता स्थानीय तहका जनप्रतिनिधि नागरिकको सेवामा खटिन तयार भएको उहाँले स्पष्ट गर्नुभयो ।