राष्ट्रपति भण्डारीद्वारा गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

काठमाडौँ, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुनुभएको हो ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख रहनुभएको थियो । उहाँहरु पदमुक्त हुनुभएकोे छ । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त हुनुभएका उहाँहरु माओवादी केन्द्रमा आवद्ध हुनुहुन्थ्यो । नवनियुक्त प्रवेश प्रमुखले सोमबार नै सपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।