भारतबाट आएका एक कोरोना संक्रमितको मृत्यु


काठमाडौँ, २५ चैत । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दोस्रो चरणकाे संक्रमण फैलिएपछि सुदूरपश्चिममा पहिलाे पटक संक्रमितको मृत्यु भएको हो । अस्पतालका अनुसार ती पुरुष  चैत २२ गते भारतको गुजरातबाट  नेपाल आइपुगेका थिए । परीक्षणमा  संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने छ ।

सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा