सरकार संविधानसम्मत ढंगले चलिरहेको छ: मन्त्री ज्ञवाली

काठमाडौँ, २३ चैत । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकार संविधानसम्मत ढंगले चलिरहेको भन्दै हटाउन पनि प्रष्ट बाटो भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकार अल्पमतमा परेको भन्दै प्रश्न उठाएपछि उनले यस्तो जवाफ दिएका हुन् । उनले भने, ‘नेकपा (एमाले)को सरकार जसलाई माओवादी केन्द्रले सर्मथन गरेको थियो, त्यसले विश्वासको मत लिएको ७६ (२)को सरकार हो भन्ने तथ्य संस्मरण गराउँदै सरकार संविधानसम्मत ढंगले नै चलिरहेको छ,’ ‘सरकार हटाउन पनि संधिवानले प्रष्ट बाटो देखाइ दिएको छ। अन्यथा बाटो भन्दा संविधानले जुन–जुन बाटो हिँड्न भनेको छ,त्यही बाटोमा हिँड्नु वान्छनीय हुन्छ ।’

उनले २०७५ सालमा केपी ओली नेतृत्वमा संविधानको धारा ७६ (२) अनुसार सरकार बनेको र त्यसलाई माओवादी केन्द्रले सर्मथन गरेको बताउदै उनले भने, ‘गत आम निर्वाचनपश्चात् २०७५ साल फागुन ३ गते सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सकार बन्यो, संविधानको धारा ७६ ९२० अनुसार त्यसलाई माओवादी केन्द्रले सर्मथन गरेको थियो । संविधानो धारा ७६ (२०)को सरकारलाई २०७५ साल फागुन २७ गते यो सरकारले विश्वास मत लियो । त्यही मतमा नेपाली कांग्रेस विपक्षमा उभिएकाले नै अहिले नेपाली कांग्रेस विपक्षमा छ ।’

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर एउटै पार्टी बनेपछि धारा ७६(१) को सरकार बनेको भन्दै नेकपाले विश्वासको मत लिनु नपरेको तर्क गरे । ज्ञवालीले भने, ‘त्यो तथ्य सदनमा राम्रोसँग रहिरनुपर्छ । नेकपाले विश्वासको मत किन लिनु परेन भने त्यो स्वतः धारा ७६(१)को बहुमतको सरकार थियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्