काठमाडौँ, २३ चैत । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकार संविधानसम्मत ढंगले चलिरहेको भन्दै हटाउन पनि प्रष्ट बाटो भएको बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकार अल्पमतमा परेको भन्दै प्रश्न उठाएपछि उनले यस्तो जवाफ दिएका हुन् । उनले भने, ‘नेकपा (एमाले)को सरकार जसलाई माओवादी केन्द्रले सर्मथन गरेको थियो, त्यसले विश्वासको मत लिएको ७६ (२)को सरकार हो भन्ने तथ्य संस्मरण गराउँदै सरकार संविधानसम्मत ढंगले नै चलिरहेको छ,’ ‘सरकार हटाउन पनि संधिवानले प्रष्ट बाटो देखाइ दिएको छ। अन्यथा बाटो भन्दा संविधानले जुन–जुन बाटो हिँड्न भनेको छ,त्यही बाटोमा हिँड्नु वान्छनीय हुन्छ ।’
उनले २०७५ सालमा केपी ओली नेतृत्वमा संविधानको धारा ७६ (२) अनुसार सरकार बनेको र त्यसलाई माओवादी केन्द्रले सर्मथन गरेको बताउदै उनले भने, ‘गत आम निर्वाचनपश्चात् २०७५ साल फागुन ३ गते सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सकार बन्यो, संविधानको धारा ७६ ९२० अनुसार त्यसलाई माओवादी केन्द्रले सर्मथन गरेको थियो । संविधानो धारा ७६ (२०)को सरकारलाई २०७५ साल फागुन २७ गते यो सरकारले विश्वास मत लियो । त्यही मतमा नेपाली कांग्रेस विपक्षमा उभिएकाले नै अहिले नेपाली कांग्रेस विपक्षमा छ ।’
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर एउटै पार्टी बनेपछि धारा ७६(१) को सरकार बनेको भन्दै नेकपाले विश्वासको मत लिनु नपरेको तर्क गरे । ज्ञवालीले भने, ‘त्यो तथ्य सदनमा राम्रोसँग रहिरनुपर्छ । नेकपाले विश्वासको मत किन लिनु परेन भने त्यो स्वतः धारा ७६(१)को बहुमतको सरकार थियो ।’