मनकामना केबुलकार ६ दिन बन्द हुने

काठमाडौँ, २३ चैत । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतीको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मत सम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । चैत ३१ गतेदेखि पुनः नियमित सञ्चालनमा आउने उनले बताए ।

उक्त अवधिभर चितवनको इच्छाकामना–४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने प्रालिले जनाएको छ । २३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो । गोरखाको मनकामना स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङसिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने  मनकामना दर्शन प्रालिले जनाएको छ । 

महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिने छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६, फारमस्थित पूर्व–पश्चिम राजमार्गमा जेसीबी र कार ठोक्किँदा एकै ५ जना

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । कञ्चनपुरमा ९ ग्राम भन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बेलडाँडी