मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

हेटौंडा, २३ चैत । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्दीर मोडमा आइतबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा सोही ठाउका सगुन रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

दुर्घटनामा अन्य तिन जना घाइते भएका छन् । घाइते हुनेमा विज्ञान रुम्बा, विजल लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका बिजल र विक्रमको प्रहरीको निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अर्का सामान्य घाइते विज्ञानलाई भने उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको छ  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले सहभागिता जनाउने भएका छन् ।  आर एस

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५