निःशुल्क वाइफाईलाई नियमन गर्ने सरकारको तयारी

काठमाडौं, ७ फागुन । निःशुल्क वाइफाई प्रयोग गरेर साइबर अपराध गर्नेको संख्या बढेले वाइफाईको नियमन गर्ने सरकारले तयारी गरिरहेको  छ ।

सार्वजनिक स्थानको वलाइफाइ प्रयोग गरेर आपराधिक गतिविधि हुने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न लागिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता निशुल्क वाईफाई जोड्ने इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई जिम्मेवार बनाउने गरी विनियमावली ल्याउन लागेको जनाएको छ ।

निर्देशिकाको मस्यौदाअनुसार सार्वजनिक पार्क, हवाई अड्डा, अस्पताल, रेस्टुरेन्ट स्कुल, कलेज, सपिङ मल, लगायतमा निःशुल्क वाइफाई जडान गर्ने आईएसपीहरुले तोकिएका नियमहरुको पालना गरेर मात्रै सेवा जडान गर्न सक्नेछन् ।

आईएसपीहरुले सबै फ्याक्ट्री डिफल्ट सेटिङलाई ठिकसँग ‘कन्फिगर’ गर्नुपर्नेछ । यस्ता स्थानमा चल्ने वाइफाईमा प्रयोग हुने उपकरणहरु नेपालको आईईईर३जीपीपी, हटस्पट २.०को मानकको अनुरुप हुनुपर्नेछ । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमोदित उपकरणले मात्रै एक्सेस लिन सक्ने गरी वाइफाई प्रयोग गर्न पाउने सुनिश्चित गर्नुपर्नेछ ।

उक्त नियम उल्लंघन गर्नेलाई दण्डित गर्ने गरी नै विनियमावली ल्याउन लागिएको जनाएको छ । साथै नियम नमान्नेलाई २ लाख जरिवाना र ३ वर्षसम्म कैद सजाय हुन सक्ने जनाइएको छ ।

फ्रि वाइफाईको दुरुपयोग गर्ने क्रमलाई यो विनियमावली आएपनि नियन्त्रण गर्न सकिने विश्वास सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख