टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने रामनाथ रामकी छोरी नैनसी राम छन् ।

सोमबार साँझ क्षिरेश्वरनाथ नगरपालिका–१ राजदेवी मन्दिर अगाडि जनकपुर–ढल्केवर सडकमा जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई जानकी मेडिकल कलेज, रमदैयामा सामान्य उपचार पश्चात् थप उपचारका लागि रामजानकी अस्पताल जनकपुर लगिएको थियो । त्यहाँ चिकित्सकले साँझ ८ः५० बजे बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

प्रहरीले टिपर चालक क्षिरेश्वरनाथ नगरपालिका–३ बस्ने करिब ३६ वर्षीय उमेशसिंह दनुवारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी