‘हनी ट्रयाप’ मा पारेर रकम असुल्ने एक महिला पक्राउ

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

रामेछापको गोकुलगंगा गाउँपालिका-०२ घर भई हाल काठमाडौँको सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ पक्राउ परेकी हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गत असोज ५ गते नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार श्रेष्ठले वि.सं. २०८१ देखि बाँकेको बैजनाथ गाउँपालिका-०२ बस्ने ३२ वर्षीय एक पुरुषलाई ब्ल्याकमेलिङ गर्दै आएकी थिइन्। पूर्वयोजना अनुसार ती पुरुषलाई मायाप्रेम र शारीरिक सम्बन्धको जालमा पारेर पछि विभिन्न मुद्दामा फसाइदिने धम्की दिँदै उनले पटक-पटक नगद तथा जिन्सी सामान असुल गरेकी थिइन् । 

आपराधिक लाभ लिएर फरार रहेकी उनलाई काठमाडौँबाट पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख