सरकारले छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो घातक हुन्छ : संयोजक दाहाल

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । 

आज सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुःसाहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।

पूर्वप्रधानन्यायाधीश शमशेरलाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेकोतर्फ सङ्केत गर्दै उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे । आगामी दिनमा यस्तो दुःसाहस नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले कसैलाई असुरक्षा भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी थपिदिनुपर्ने बताए ।

पूर्वप्रधानन्यायाधीश शमशेरलाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेकोतर्फ सङ्केत गर्दै उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे ।

उनले भने, ‘यसरी सरकार चलाउने दुःसाहस भइराखे यसको मूल्य धेरै ठूलो पर्छ र यस्तो घटना नदोहोर्‍याउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो भन्ने लाटो मान्छेले पनि बुझेको छ । यदि त्यसो हो भने त सुरक्षा बढाइदिने हो। पूर्वप्रधानन्यायाधीश पक्राउ गरेर छोड्नुको तथ्य त विस्तारै बाहिर आउँदै जान्छ । जे भए पनि यदि सरकारले छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो घातक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर