भेषधारी गिरोह नष्ट नगरी सुशासन असम्भव : बाबुराम भट्टराई

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै पछि हट्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान न्यायिक प्रणालीका सीमा र विद्यमान विकृतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

लोकतन्त्रमा हरेक कार्य विधिसम्मत हुनुपर्ने मान्यतालाई स्वीकार गर्दै उनले वर्तमान कानुन र न्यायिक अभ्यासमा देखिएको विभेदकारी अवस्थालाई औँल्याएका छन्। ‘झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको काँक्रो चोर्दा पक्रिएर दण्डित हुने, अनि पेट भरिएका सुकिलामुकिलाले सबुत नछोडी भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने स्थिति छ,‘ उनले लेखेका छन्, ‘हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?’

देशलाई योजनाबद्ध रूपमा लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहहरूलाई पहिले समाप्त नगरेसम्म सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने दाबी भट्टराईले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार