प्रदेश सरकार विपद्का पीडित परिवारको साथमा छ: मुख्यमन्त्री थापा

काठमाडौँ, १३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चितवनमा नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै विपद्का कारण पीडित परिवारलाई प्रदेश सरकारको साथ रहने बताउनुभएको छ।

मुख्यमन्त्री थापा मगरले विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह गर्दै तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको हो। उहाँले बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै राहतपछि पुनर्निर्माणको कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो।

मुख्यमन्त्री थापा मगरले नारायणी नदीबाट हुने दीर्घकालीन क्षतिको समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नारायणीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक योजना तथा संरचनागत पहल गरिने बताउनुभयो।

उहाँले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन छुट्टै प्राधिकरण गठन गरेर काम गर्ने तयारीसमेत भइरहेको जानकारी दिनुभयो।मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “यो विपद्को घडीमा म सम्पूर्ण पीडित परिवारलाई धैर्य रहन आग्रह गर्दछु। प्रदेश सरकार तपाईंहरूको साथमा छ।”

उहाँले बाढी प्रभावित नागरिकको उद्धारदेखि सुरक्षित स्थानान्तरण, राहत वितरण र त्यसपछि पुनर्निर्माणसम्मका कार्यमा प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ असोज । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९

एजेन्सी, १२ असोज । सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको

एजेन्सी, १२ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभसहित विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको बताउँदै रुसमाथि थप कडा अन्तर्राष्ट्रिय दबाब

एजेन्सी, ११ असोज । क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा