१२ जना जुवाडे पक्राउ

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ३६ हजार २५० रुपैयाँ तथा २१ बुक तास बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आज बिहान चौबिसे गाउँपालिका वडा नं. २ डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेल भइरहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले उक्त घरमा पुगेर तास खेलिरहेका ६ जना र खेल हेरिरहेका ६ जना गरी १२ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा लगीएको छ ।

घटनास्थलबाट खोलेको ४ बुङ र नखोलेको १७ बुङ गरी जम्मा २१ बुङ तास बरामद भएको छ । तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा चौबिसे गाउँपालिका वडा नं. २ का ३६ वर्षीय इमा मगर, ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे गाउँपालिका वडा नं. ६ राजारानीका ४५ वर्षीय गुणराज राई, सोही स्थानका ३६ वर्षीय लेखबहादुर लिम्बु (यलेक्स), ४२ वर्षीय योगेन लिम्बु तथा चौबिसे गाउँपालिका वडा नं. ७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ रहेका छन् ।

त्यस्तै, तासको खेल हेरिरहेको अवस्थामा नियन्त्रणमा लिइएकामा चौबिसे गाउँपालिका वडा नं. २ डाँडागाउँका ३० वर्षीय सुमन मगर, मुढेवासका २१ वर्षीय समिर मगर, लाप्सेका २६ वर्षीय प्रजल मगर, डाँडाटोलका २४ वर्षीय प्रदीप मगर, धारापानीका १९ वर्षीय विशाल मगर तथा चौबिसे गाउँपालिका वडा नं. ६ राजारानीका ३५ वर्षीय धीरेन चेम्जोङ रहेका छन् ।

प्रहरीका अनुसार प्रदीप मगर दीपक सारु मगरको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटाले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर