युएनको ८१औँ महासभाका अध्यक्ष रहमान र मन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएकाे भेटवार्तामा परराष्ट्रमन्त्री खनालले महासभाको ८१औँ अधिवेशनको अध्यक्ष पदमा निर्वाचित भएकोमा डा. रहमानलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुबैबिच महासभा अध्यक्षका प्राथमिकताका विषय तथा संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई थप सुदृढ बनाउने महत्त्वबारे छलफल भएको थियो । सो अवसरमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का प्रभाव र त्यसले पुर्‍याएको क्षतिका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम