डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति

काठमाडौँ, २१ कार्तिक । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ ।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडाएका हुन् ।

डा. केसीको २५ औँ अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए । डा. गोविन्द केसी र सरकारबिच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । रणवीर कपूर स्टारर फिल्म ‘रामायण’ले प्रदर्शनको पहिलो दिनमै विश्वभरबाट ७७ करोड ५० लाख भारतीय रुपैयाँ ग्रस

काठमाडौँ, १९ कार्तिक । मदन घिमिरेको निर्देशनमा रहेको ‘चस्स चस्स’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओ एस आर

काठमाडौँ, १९ कार्तिक । चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ । आज बिहान बसेको केन्द्रीय चलचित्र जाँच समितिको

काठमाडौँ, १९ कार्तिक । चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले अनमोल केसीको चरित्र खुलाएको छ । गाउँमा पढाउन