काठमाडौँ, २० कार्तिक । रणवीर कपूर स्टारर फिल्म ‘रामायण’ले प्रदर्शनको पहिलो दिनमै विश्वभरबाट ७७ करोड ५० लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
सैकनिल्कको प्रारम्भिक आँकडाअनुसार फिल्मले भारतमा मात्रै ६४ करोड ८५ लाख भारुको नेट कमाइ गरेको हो । यो कमाइसँगै ‘रामायण’ सन् २०२६ मा सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्ममध्ये दोस्रो स्थानमा पुगेको छ ।
यद्यपि, पहिलो दिनको कमाइका हिसाबले फिल्मले प्रभास स्टारर ‘आदिपुरुष’को रेकर्ड भने तोड्न सकेन । सन् २०२३ मा प्रदर्शन भएको ‘आदिपुरुष’ले पहिलो दिन सबै भाषामा ८६ करोड ७५ लाख भारु ग्रस कमाइ गरेको थियो ।






