तिहारको अवधिभर टिपर सञ्चालनमा रोक

काठमाडौँ, २० कार्तिक । तिहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै तिहारको अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

निर्णय अनुसार कात्तिक २२ गते बिहान ५ बजे देखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म जिल्लाभित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो ।

जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णय अनुसार चाडपर्वका बेला सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जना हुनसक्ने दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न तथा यात्रुबाहक सवारी साधनहरूको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रे प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । सेयर बजार परिसूचक नेप्से आज २.६४ अंकले बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो