काठमाडौँ, २० कार्तिक । चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा सिनेमाका मुख्य दुई पात्र फिचर्ड छन् । विजय बराल र अञ्जना बराइली रहेको पोस्टरमा दुबै रोइरहेका छन् । विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन् । विजयका आँखामा पनि आँसु छ ।
सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ ।






