सरकारले गगन थापालाई पक्राउ गर्न नसक्ने प्रचण्डको दाबी

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न नसक्ने दाबी गरेका छन् ।

आज पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘सरकार विल्कुल संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता र मर्मभन्दा बाहिर जान खोजिरहेको छ’, ‘यो देश र जनताका लागि पनि चिन्ताको विषय छ ।’ 

उनले कांग्रेस सभापति गगन थापालाई कसैले पनि पक्रन नसक्ने बताए । ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो गगनजीलाई पक्रन सरकारले सक्दैन’, प्रचण्डको भनाइ छ ।

उनलाई सरकारले नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीलाई हटाएको बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा भने- ‘त्यो कुरा अदालतमा गइसकेको छ अदालतले बोल्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज