काठमाडौँ, १६ कार्तिक । दसैँको बिदाको छेको पारेर रिलिज भएका चारवटा चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।
‘कबड्डी–५’, ‘आ बाट आमा–२’, ‘६ माया छपक्कै–२’ र ‘१२ गाउँ–२’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको हो ।
यी मध्ये बक्सअफिसमा सबैभन्दा अगाडि ‘कबड्डी–५’ देखिएको छ । कात्तिक ६ गते रिलिज भएको ‘कबड्डी ५’ले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ कलेक्सन गरेको छ । यसलाई तीन लाख ४६ हजार ४२७ दर्शकले हेरेका छन् ।
दोस्रोमा ‘आ बाट आमा–२’ बक्सअफिसमा अगाडि देखिएको छ । यो सिनेमाले ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ कलेक्सन गरेको छ । यसका दुई लाख १३ हजार १९४ टिकट बिक्री भएका छन् ।
‘६ माया छपक्कै–२’ तेस्रो स्थानमा छ । यसले तीन करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ कलेक्सन गरेको छ । यसका एक लाख ३ हजार ९७९ टिकट बिक्री भएका छन् ।
चलचित्र ‘१२ गाउँ–२’ चौथो स्थानमा छ । यसले दुई करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यसका ७४ हजार ८०३ टिकट बिक्री भएका छन् ।
‘आ बाट आमा–२’ लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । ‘१२ गाउँ–२’ विराज भट्टले निर्देशन गरेका छन् । ‘६ माया छपक्कै–२’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । ‘कबड्डी ५’लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।







