मुलुकको लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको शंकर पोखरेलको दाबी

काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मुलुकको लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको दाबी गरेका छन् ।

आज रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले लोकतन्त्रको आधार भनेको संगठित हुने र आफ्ना विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएको उल्लेख गर्दै उनले विद्यार्थी संगठनका गतिविधिमाथि विश्वविद्यालय र क्याम्पसहरूमा प्रतिबन्ध लगाउने प्रयास भइरहेको आरोप लगाए । 

उनले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशंका उत्पन्न भएको बताएका छन् । उनले सरकारको कार्यशैलीले मुलुकभित्र मात्रै नभई बाह्य छिमेकी मुलुकमा समेत यस्तो आशंका पैदा गरेको बताए । 

उनले भने, ‘भूराजनीतिक द्वन्द्वबिच नेपाल सरकार र त्यसको नेतृत्व जुन ढंगले परिचालित भइरहेको छ, त्यसले मुलुकको संवेदनशील भू–राजनीतिक अवस्थालाई जोखिममा पारेको आशंका धेरैमा देखिएको छ,’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १६ कार्तिक । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार,

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र