आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

काठमाडौँ, १६ कार्तिक । जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा फूलको आयातलाई रोक लगाइएको हो । 

खुला सीमाको फाइदा उठाउँदै तिहार, छठ लगायतका पर्वमा ठूलो मात्रामा खपत हुने फूल भारतबाट अवैध रुपमा आयात हुँदै आएको थियो । प्रशासनको निर्देशनपछि फूलको अवैध आयात रोकिने विश्वास गरिएको छ ।

प्रजिअ पोखरेलले भने, “हाम्रो जिल्लालाई पुग्ने फूल यहीँका व्यवसायीले उत्पादन गरिसक्नुभएको छ,” “जिल्लाका युवामा उद्यमशील सोच र संस्कृति मौलाउँदै गएकाले यसपालिको चाडबाडमा स्वदेशी सयपत्री र मखमली फूलकै प्रयोग गरी हाम्रै किसानलाई प्रोत्साहन गर्न सम्पूर्ण जिल्लावासीलाई हार्दिक आग्रह गर्दछु ।”

यस वर्ष झापाका मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई, बुद्धशान्ति लगायतका पालिकाहरुमा दर्जनौँ कृषकले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन् । चाडबाडको समयमा घरआँगन सजावट र शृङ्गारका लागि स्थानीय रूपमा उत्पादित ती प्राकृतिक फूल नै पर्याप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग.

काठमाडौँ, १६ कार्तिक । जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित

सुनसरी, १६ कार्तिक ।  सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १६ कार्तिक । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय