काठमाडौँ, १४ कार्तिक । फिल्म ‘ह्यारी पोटर’ अब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ ।
यसको पहिलो झलक सार्वजनिक भएसँगै पुराना प्रशंसकमा उत्साह थपिएको छ । अझ रोचक कुरा, निर्माताले सिरिजको प्रदर्शन मितिसमेत घोषणा गरेका छन् ।
निर्माताका अनुसार ‘ह्यारी पोटर’ सिरिजको पहिलो सिजनको नाम ‘ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन’ राखिएको छ । यो सिरिज सन् २०२६ को क्रिसमस अर्थात् २५ डिसेम्बरमा एचबीओमा प्रिमियर हुनेछ । एचबीओ म्याक्स उपलब्ध रहेका देशमा दर्शकले त्यही प्लेटफर्ममार्फत सिरिज हेर्न सक्नेछन् ।
पहिलो सिजन आठ भागको हुनेछ । यसमा लेखक जेके रोलिङका पुस्तकमा आधारित ह्यारीको जादुमय संसारलाई टेलिभिजन सिरिजका रूपमा विस्तार गरिनेछ ।







